गैरआवासीय नेपाली संघ न्युजिल्याण्डको अध्यक्षमा सर्वसम्मतिले लालबादुर केसी चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ बास्कुनका केसीलाई बर्ष २०२३–२५ का लागि अध्यक्षमा सर्वसम्मतिले चयन गरिएको हो ।

न्युजिल्याण्डका सफल नेपाली ब्यवसायी एवम् समाजसेवी केसीलाई न्युजिल्याण्डका रहेका नेपालीले एकपटक एनआरएनको नेतृत्वका लागि प्रस्ताव गरेपछिको सहमतिका आधारमा केसी अध्यक्ष भएका हुनुभएको हो । सन् २०१९–२१ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका केसी नेपाली समुदायमाफ निकै लोकप्रिय छन् ।

एनआरएनए न्युजिल्याण्डको नेतृत्वपछि आइसीसी सदस्य समेत भएर काम गरेका केसीलाई संस्थागत विकास तथा विभिन्न रचनात्मक कार्यमा अब्बल छन् । न्युजिल्याण्डमा किबी, जापान सहित अन्य विभिन्न देशमा समेत ब्यापारिक सञ्जाल विस्तार गरेका केसीले पदमा बसेर काम गर्न सानो ठुलो नहुने भएकाले अध्यक्षको जिम्मेबारी लिएको एनआरएनए न्युजिल्याण्डका एक सदस्यले बताउनुभयो ।

’आइसीसी कोषाध्यक्ष भएको ब्यक्ति एनसीसीको अध्यक्ष हुनु पदको लोभ नभई समुदायको विश्वास हो‘ एक सदस्यले भन्नुभयो । न्युजिल्याण्डमा रहेका नेपालीहकहरुका लागि विभिन्न सामाजिक कार्यसँगै गृह जिल्ला म्याग्दीमा समेत शिक्षा, स्वास्थ्य, खेलकुद सहितका क्षेत्रमा सहयोग गदैं आउनुभएका केसीले आफ्नो हजुरआमाको नाममा गौमति विकास अक्षय कोषा स्थापना गर्नुभएको छ ।

उहाँले धौलागिरी मावि सिंगामा २५ लाख, विद्यालयस्तरीय भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीलाई बार्षिक २ लाख र म्याग्दी जेसीजको जेसीज कपमा समेत सर्वाधिक आथिैक सहयोग गर्नुभएको थियो । बेनी नगरपालिका वडा नं ४ बास्कुनामा सुन्तला खेतीमार्फत स्थानीयलाई समेत आधुनिक सुन्तला खेती विस्तारमा सघाइरहनुभएका केसीले सामाजिक कार्य र कृषि क्षेत्रमा आफ्नो निरन्तर सक्रियता रहने बताउनुभयो ।

Leave a Reply