डिभिजन वन कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण संरक्षण, वन पैदावारको प्रयोग मार्फत जीविकोपार्जन सुधार र सामाजिक क्षेत्रमा योगदान गरेका समूह, पत्रकार र कर्मचारीलाई पुरस्कृत गरेको हो।

छनौट समितिको सिफारिसको आधारमा रघुगंगा–८ को कृष्ण तालाबन्दी, अन्नपूर्ण–७ को औला र धवलागिरी–३ को छेरपातल सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताए।

तीनवटा सामुदायिक वनलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो। सब डिभिजन कार्यालय दरवाङका रेञ्जर दिपक शेरचन र कान्तिपुरका पत्रकार घनश्याम खड्कालाई दोसल्ला ओढाएर प्रंशसापत्र प्रदान गरिएको थियो।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र वन अधिकृत रानाभाटले पुरस्कार वितरण गरेका थिए।

यसैगरी डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९/०८० मा करिब शत प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेको छ। पुँजीगत शीर्षकमा ९८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ९८ लाख ६ हजार २७७ रुपैयाँ अथवा ९९.५५ प्रतिशत बजेट खर्च भएको छ।

कार्यालय मार्फत अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जंगलमा गुराँसपार्क र सोही वडाको रातोपानी कुण्डमा विश्रामस्थल बनाइएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए।

Leave a Reply