भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक  गुरुङलाई केही बेर अघि पक्राउ गरेको हो ।

ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । यसअघि उनी फरारको सूचीमा रहेका थिए ।

Leave a Reply