गैर आवासीय नेपाली संघ क्षेत्रीय कार्यसमिती कान्तोको आठौ अधिबेसन बाट २०२३–२०२५ कार्यकालका लागि म्याग्दीका सागर कार्की संयोजनकमा निर्विरोध निर्वाचित भएका छन् । मोना जापानका सचिव समेत रहेका कार्कीको उम्मेदवारीमा सर्बसम्मति भएको हो । बेनी नगरपालिका वडा नं २ बगरफाँटका कार्की जापानमा म्याग्देली सहित विभिन्न सामाजिक संघसंस्थामा कार्यरत छन् ।

संयोजक पदमा निर्वाचित कार्कीलाई मोना जापानका पदाधिकारी, पूर्व अध्यक्ष सहित मोना अन्तराष्ट्रियका प्रतिनिधिहरुले सम्मान तथा बधाई दिएका थिए । संयोजक पदमा चयन भएपछि कार्कीले आफ्नो जिम्मेबारी अनुसार काम गर्ने बताएका छन् ।

 

Leave a Reply