नेपाली राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला) म्याग्दीको बेनी आउनुहुने भएको छ  । आदिकवि भानुभक्त आचार्यको जन्म महिनाको पावन अवसरमा जिल्लाको न्यु वेष्ट पोइन्ट आवासीय मा.वि.ले असार ८ गते आयोजना गर्न लागेको आदिकवि भानुभक्त आचार्य स्मृति छन्दबद्द कवितावाचन प्रतियोगिताको अवसरमा प्रमुख अतिथिको रुपमा पहिलोपटक म्याग्दी आउन लाग्नुभएको हो  ।

विद्यालयले असार ८ गते हुने छन्दबद्द कबिताबाचन प्रतियोगीताको लागी म्यग्दी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई पत्राचार गरिसकेको  प्रिन्सिपल डीबी दाहालले बताउनुभयो  । प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका एक छात्र र एक छात्रालाई सहभागीको रुपमा आमन्त्रण गरिएको छ  ।

पहिलो पटक बिद्यालय स्तरमा हुन लागेको यो नेपाली भाषा र पद्द कबिता/ काव्यको महत्व र ज्ञानको प्रबर्धन गर्न सघाउ पुग्ने  प्रिन्सिपल दाहालले बताउनुभयो  । कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यकार, विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा हुने कार्यक्रमलाइ सफल बनाउन विद्यालयले  सबैलाई अनुरोध समेत गरेको छ ।   विद्यालयले आफ्नो  शैक्षिक क्यालेण्डरमा असार महिनालाई भानुभक्त महिनाको रुपमा मनाउदै आएको छ  ।

Leave a Reply