हिमालापरीको जिल्ला मुस्ताङमा प्रेस चौतारी नेपालको बार्षिक साधारणसभा सोमबार जोमसोममा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीलक बिकले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको समृद्धि र बिकासमा प्रेस चौतारीले सँधै नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

उहाँले हिमालपारीको जिल्लामा रहेर पनि पत्रकारिता क्षेत्रलाई अगाडी बढाउँदै सूचना प्रवाह गर्न निकै कठिन भएको भए पनि यहाँका पत्रकारको भुमिका अतुलनिय रहेको बताउनुभयो । पत्रकार महासंघको सुद्धिकरण अभियानमा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सुद्धिकरणका नाउँमा कसैलाइ सक्ने र कसैलाइ उठाउने कार्य हुन नहुने उहाँको भनाई थियो ।

पत्रकारिता क्षेत्रमा रहेका र त्यस क्षेत्रको उत्थानका लागि लाग्नेहरु महासंघमा रहनु पर्ने बताउँदै उहाँले गैरपत्रकारलाई महासंघमा राख्न नहुने धारणा राख्नुभयो । २०६५ बैशाख १८ गते अमृत बास्कुनेको अध्यक्षतामा भएको भेलाले प्रेस चौतारी मुस्ताङको गठन गरेको थियो ।

मुस्ताङ जिल्लामा स्थानीय स्तरमा पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको विकासमा प्रेस चौतारी नै जेठो संस्था रहेको केन्द्रीय सदस्य बिकले बताउनुभयो । तत्कालिन प्रेस चौतारी म्याग्दीका सदस्य रहेका बास्कुनेले मुस्ताङमा आएर सञ्चार क्षेत्रमा अगाडी बढ्न चाहनेहरुको भेला गरी चौतारी गठन गरेर मुस्ताङलाइ सञ्चार क्षेत्र सँग जोड्ने काम गर्नुभएको बिकको भनाई थियो ।

नेकपा एमाले मुस्ताङका अध्यक्ष आशबहादुर थकाली, नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रेस चौतारी नेपाल मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकास बिकले गर्नुभएको थियो । कर्याक्रमको बन्दसत्रले कोषाध्यक्ष पेमाछेटेन बिकले प्रस्तुत गरेको आर्थिक तथा सचिव विकास बिकले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन छलफल पछि सुझाब सहित पारित गरेको अध्यक्ष रसाइलीले जानकारी दिनुभयो ।

 

Leave a Reply