राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ म्याग्दीले १८ औं स्थापना दिवस अवसरमा जिल्लाभर विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण, नसर्ने रोग सम्बन्धि स्कृनिङ र विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालकी केन्द्रिय सदस्य सविना चोखालको प्रमुख आतिथ्यतामा बेनी अस्पतालमा रहेका ३५ जना बिरामीलाई फलफुल वितरण गरिएको जिल्ला अध्यक्ष सुमित्रा थजालीले बताउनुभयो ।

त्यस्तै महासंघमार्फत मालिका गाउँपालिका दरबाङस्थित प्राथमिक उपचार केन्द्रमा स्कृनिङ सेवा र अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख माविमा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धि जानकारी दिइएको थियो । महासंघले स्वास्थ्यकर्मीको हकहित सहित विभिन्न सामाजिक एवम् मानवीय सेवा गर्ने गरेको छ ।

Leave a Reply