म्याग्दी प्रवासी नेपाली संघ मोना यूएईको चौथो साधारणसभाबाट पुनः सुवास राम्जालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरिएको छ । आइतबार सम्पन्न भएको साधारणसभाबाट सन् २०२३–२५ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किरण खत्री,उपाध्यक्ष बेक प्रशाद पुन, उपाध्यक्ष टेक फगामी, महिला उपाध्यक्ष यम कुमारी रोका, महासचिव काजीमान बुढाथोकी मगर,सचिव नर छन्त्याल, कोषाध्यक्ष कुमार कार्की, सह–कोषाध्यक्ष चन्द्र भण्डारी रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा लोकेन केसी,मुना श्रीपाली,रमेश भण्डारी,खिम कुमारी रोका गोपाल केसी,यम राज घर्ती र पार्वती अर्मजालाई चयन गरिएको महासचिव काजीमान बुढाथोकी मगरले जानकारी दिए ।

साधारणसभाको उद्घाटन गदैं मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् मोना यूएईक संरक्षक ई.नन्द गर्बुजाले प्रवासमा रहेका म्याग्देली बिचको एकता र सहकार्यलाई थप उचाईमा पुर्याउने अभियानमा मोना सक्रिय रहेको बताए ।

सोही अवसरमा मोना युएईमा संरक्षक सुशील केसी, प्रकाश कार्की, सल्लाहकार बिक्रम अधिकारीले यूएईमा रहेका म्याग्देलीको दुखःसुखमा संस्थाले साथ दिएको र जन्मभूमिमा समेत रचनात्मक सहयोग भइरहेको बताए ।

सोही अवसरमा बागलुङ सेवा समाजका अध्यक्ष रत्न बिक,पर्वत सेवा समाजका अध्यक्ष कमल लामिछाने,तनहुँ सेवा समाजका अध्यक्ष सुदिप कार्की,कास्की आदर्श समाजका अध्यक्ष शिव श्रेष्ठ,गुल्मी सेवा समाजका अध्यक्ष हुमराज बिकले मोनाले यूएईमा रहेका नेपालीहरुलाई विभिन्न कार्यक्रममार्फत जोड्ने कार्यक्रमहरुबाट उत्साहित भएको बताए ।

साधारणसभाबाट अध्यक्षमा चयन भएका राम्जालीले विगतका कार्यहरुलाई निरन्तरता तथा समस्यामा परेकालाई सहयोग सहित रचनात्मक कार्य गर्ने बताए । साधारणसभाको अध्यक्षता राम्जाली, स्वागत मोना युएई महिला उपाध्यक्ष यम कुमारी रोका र सञ्चालन महासचिव बुढाथोकी मगरले गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक सुशीला केसी सहितका अतिथीले बधाई तथा प्रमाणपत्र वितरण गरेका थिए। साधारणसभाको अवसरमा थाली सहित विभिन्न नृत्य सहितको सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply