म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ । भिषण बर्षासँगै आएको बाढीले २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । उनका अनुसार घास काट्न जंगलमा गएको बेलामा खोल्सा नजिकै बसेको अवस्थामा माथिबाट एक्कासी बाढी आएर बगाएको बताए ।

वडा अध्यक्ष मनकुमार शेरपुञ्जाका अनुसार पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोर्वद्धन दुराको टोली घटनास्थलमा पुगेर शबको पहिचान गरेको बताए । यसैबीच भिषण बर्षाले रघुगंगा गाउँपालिका –८ कुइने मंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको छ ।

Leave a Reply