अमृत बास्कुने /जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले राष्ट्रिय सहकारी महासंघले गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले पेश गरेको १३ बुँदे मागपत्र प्रमुख जिल्ला अधिकारी मार्फात नपाल सरकारलाई पठाएको छ ।

केन्द्रीय कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै आन्दोलनका कार्यक्रमहरुमा अगाडी बढाइ रहेको म्याग्दीले घोषित कार्यक्रम अनुसार सहकारी संघका अध्यक्ष प्रमेबहादुर कार्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई बुझाएको हो ।

अध्यक्ष सहित जिल्ला सदरमुकाम तथा आसपासका सहकारीका प्रतिनिधिहरुको सहभागितामा बुझाइएको गोर्खा भुतपुर्व सैनिक बचत तथा ऋण सहकारीका अध्यक्ष देउप्रसाद छन्त्यालले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सकभर समस्या सृजना नै हुन नदिने गरी वातावरण बनाउन तर्फ लाग्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । उहाँले सहकारीको निश्चित दुरीमा सेवाकेन्द्र हुन सक्ने भए पनि शाखा खोल्ने भनेर देशैभर सञ्जाल बनाउन तर्फ लाग्दा समस्या हुन सक्ने तर्फ सचेत हुन पर्ने धारणा राख्नुभएको थियो ।

Leave a Reply