म्याग्दीको मालिका गाउँपालिका-५, स्थित देउताभिर युवा क्लवले बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको ‘सेभेन ए साइड– फुटबल प्रतियोगिताको उपाधी जुग्जा मालिका युवा क्लवले जितेको छ । आयोजक देउताभीर यूवा क्लवलाई पराजित गदै उपाधी चुमेको हो ।

निर्धारित समयमा दुबै टिमबाट १–१ को बराबरी गोल भएपछि पेनाल्टी सुतआउटमा जुग्जा मालिका युवाले जितेको जुग्जा मालिका यूवा क्लवका उपाध्यक्ष भिजेन्द्र घर्तीले जानकारी दिए । उपाधी विजेता जुग्गा मालिका यूवा क्लवले पहिलो खेलमा बिम, दोस्रो खेल सुर्यमुखी युवा क्लव, तेस्रो शोले युवा क्लव तमानलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो ।सेमिफाइनलमा पश्चिम म्याग्दी युवा क्लव दरबाङ्गसँग खेल्दै फाइनलको यात्रा तय गरेको थियो।

उपाधीका दावेदारलाई पन्छाउँदै जुग्जा मालिका यूवा क्लवले उपाधी हात पारेको थियो । विजेतालाई नगद ८० हजार, उपविजेतालाई ४० हजार नगद, मेडल, ट्रफी र प्रमणपत्र वितरण गरिएको थियो । म्याग्दीको पश्चिम क्षेत्रमा बिगत देखि नै ठूलो धनराशीको प्रतियोगिताको आयोजना गर्ने गरिएको छ ।

Leave a Reply