भारतमा कोठी (यौनगृह) सञ्चालन गरेका एक म्याग्देली अझै फरार छन् । बेनी नगरपालिका–३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीष नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुलेपनि उनी प्रहरीलाई झल्दै उम्कने गरेका छन् ।

भारतमा बेचिएकी म्याग्दीकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्यूरोमा परेको जाहेरीका आधारमा विगत डेढ दशकदेखि भारतमा कोठी सञ्चालन गर्ने मानव तस्कर जसबहादुरको पहिचान खुलेको थियो । विपन्न परिवारका युवती, विवाहित र पारपाचुके गरेका महिलालाई आर्कषक जागिरको प्रलोभनमा मानवतस्कर श्रीषले सिमापारी लैजाने गरेको अनुसन्धानबाट देखिएको छ।

कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने महिलासँग सम्बन्ध जोडिएपछि जसबहादुरले बेला–बेलामा नेपालमा आएर आफन्तको घरमा काम लगाई दिन्छु भन्ने बहानामा सिमाना नजिकको बस्तीमा पु¥याउने र बेहोस हुने औषधि खुवाएर भारतको पैसा आउने कोठीमा पु¥याएर बिक्रीमा सक्रिय छन्।

उनले भारतमा रहेका आफन्तहरूलाई भेटाउने बाहनामा नेपालबाट चेलिबेटी लैजाने र बिचबाटोबाटै ‘रेड लाइट’ क्षेत्रमा कोठीमा बिक्री गर्ने गरेको उद्धार गरिएकी युवतीको बयानका तथा श्रीमती र छोरीको प्रारम्भिक भनाईबाटै पुष्टी भएको छ।  गाउँमा समेत आफन्त पर्ने एक महिलामाथि अनैतिक सम्बन्धका कारण लामो समय भारतमै बसेर बेला–बेलामा लुकिछिपी घरमा आउने परेको स्थानीयले बताएका छन्।

जसबहादुरको सहयोगमा भारतसम्म पुगेकी एक महिलाको उद्धारपछि पीडितले दिएको जाहेरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोमार्फत गत बर्षको माघ ४ गते मोटरसाईकलमा पुगेको म्याग्दी प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमती र छोरी रेखा चन्द मगर लाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर बनाएर एक्कासी प्रहरीमाथि नै हातपात गरी भागेको थिए।

परिवारको नागरिकता बनाउन दशैं अगाडी नै नेपाल आएका जसबहादुर केही समय पोखरा र सदरमुकाम बेनीमा कोठा भाडामा लिएर बसेको अवस्थामा माघ ३ गते साँझ मात्रै गाउँमा गएका थिए। प्रहरीको कब्जाबाट भागेका जसबहादुर भारतको ‘रेड लाइट’ क्षेत्रमा कोठी सञ्चालन गरेर बेचबिखन फस्टाएपछि समय–समयमा हुलिया परिवर्तन गरी नेपाल प्रवेश गरेपनि लामो समयपछि परिवार नै लिएर गाउँमा आएका थिए।

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली ठोट्नेरीका मगर बिच बाटोबाटै गएको माघ महिनामा फरार भएपनि अझै भेटिएका छैनन्। आफ्नै श्रीमानबाट भारतको कोठीमा बेचिएकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरी मानव बेचबिखन ब्युरोमा परेको जाहेरीका आधारमा मानव तस्कर जसबहादुर, दिल्लीमा कोठी चलाउने पार्वती मगरलाई नियन्त्रणमा लिएर फर्किने क्रममा मुख्य अभियुक्त जसबहादुर गाडीबाटै भागेका थिए।

पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचनाको आधारमा गत माघ ४ गते मोटरसाईकलमा पुगेको प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमती र छोरी रेखा चन्द मगरलाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर एक्कासी प्रहरीमाथि नै हातपात गरी भागेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर बेनी ल्याउँदा बाटोबाटै भागेको देखिन्छ। अहिले समेत फरार अभियुक्तका बारेमा खोजीकार्य नरोकिएको म्याग्दी प्रहरीले जनाएको छ ।

‘अभियुक्त मुख्य अभियुक्त जसबहादुरलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार २० वर्ष कैद सजाय हुन्छ। वि.सं २०६२ को पुस महिनामा पीडित महिलालाई दिल्लीमा लगेर बिक्री गरिएको थियो । पीडित महिला नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन्। म्याग्दीमा राखुकी एलिना खत्री र जसबहादुर मानवतस्कारमा संलग्न छन् ।

 

Leave a Reply