मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सचिबमा म्याग्दीका सन्तोष रावल चयन हुनुभएको छ । राजनीतिक, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा सक्रिय रहेको फाउण्डेशनको बैशाख २८ गते महेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा बसेको पहिलो सचिवालय बैठकले रावललाई केन्द्रिय सदस्य एंव सचिवमा मनोनयन गरेको हो ।

यूवा संघ नेपालको अध्यक्षका प्रत्यासी समेत रहनुभएका रावलले नयाँ जिम्मेबारी अनुसार काम गर्ने बताउनुभयो । उहाँले फाउण्डेशनमार्फत सामाजिक एवम् मानवीय सेवा, बैचारिक राजनीतिक अभियानमा समेत आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । फाउण्डेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ४२ सदस्य रहने ब्यवस्था छ ।

Leave a Reply