तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको( खम्बा ) ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रले फिर्ता दिने भएको छ ।

माओवादी र सेनाबीच २०६० चैत ७ गते बेनी भिडन्तको क्रममा दर्जनौ गोली लागेको विद्युतको पोलको संरक्षणका लागि आवश्यक पर्ने पार्क तयार भएपछि फिर्ता दिन तयार रहेको मानव अधिकारकर्मी कनकमणि दीक्षितले मंगलबार प्रतिबद्धता जनाएपछि लामो समयसम्मको प्रयास सफल भएको हो ।

केन्द्रका सञ्चालक दिक्षितले यूद्धको सन्देश नदिने र शान्तिको कामना गर्ने गरी बेनीबजारमा बन्न लागेको शान्ति पार्कमा राख्ने गरी दिने सहमति भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए ।

‘पोल ल्याउन आवश्यक सबै सहमति भएको छ,‘पार्क बनेपछि पोल बेनीमा ल्याइने छ’ प्रमुख थापाले भने । बेनी आक्रमणको करिब ४ बर्षपछि गुपचुप गुपचुप ललितपुर लगेपनि अहिलेसम्म जिल्लामा फिर्ता ल्याउने प्रयास सफल भएको थिएन् ।

जिसस प्रमुख थापाउपप्रमुख दिलकुमारी खत्री र मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीसँगको भेटमा मानवअधिकारकर्मी दिक्षितले पोलको सुरक्षा र योजनाका बारेमा समेत बुझ्ने प्रयास गरेका थिए ।

‘शान्ति पार्कमा राखेर पर्यटन प्रर्वधनमा सघाउने छौ,‘अब पार्क निर्माणको प्रक्रियालाई समेत अगाडी बढाउनुपर्छ’ प्रमुख थापाले भने ।

बेनीको मंगलाघाट जाने बाटोमा तत्कालिन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालय मार्फत आकर्षित गर्ने योजना बेनी नगरपालिकाको छ ।

नगर प्रमुख सुरत केसीले पहिलो कार्यपालिकाको बैठकमै पोल फिर्ता ल्याउने पहल गरेका थिए । तत्कालिन माओवादी र राज्य बिच सबैभन्दा ठूलो आक्रमण बेनीमा भएको थियो ।

Leave a Reply