नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले शनिबार सम्पन्न २०औं साधारण सभा तथा अधिवेशनबाट छविलाल सुबेदीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा निलकुमारी भन्डारी सचिव रुपा केसी, कोषाध्यक्ष ओम प्रसाद केसी, उपसचिव गोपाल आचार्य सह–कोषाध्यक्ष किरण थापा रहेका छन ।

अधिवेशन उद्घाटन गदैं गाउँपालिका अध्यक्ष प्रेम पुनले मानवीय सेवामा सर्मपित संस्थासँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । सोही अवसरमा विशिष्ट अतिथि रेडक्रस म्याग्दीका सभापति अमर बानियाँ,ताकमका वडा अध्यक्ष अशोक खत्री,उपसभापति विष्णु रोका, उपमन्त्री मोतिराज गौतम,उपकोषाध्यक्ष शिव बानियाँ, गङ्गाधर सुवेदी, भिमप्रसाद पौडेलले मन्तब्य रहेको थियो । यामबहादुर केसीको अध्यक्षतामा भएको अधिवेशनमा स्वागत कोषाध्यक्ष निलकुमारी केसी भण्डारी र सञ्चालन तुलसीनाथ सुबेदीले गरेका थिए ।

Leave a Reply