मंगोल नेश्नल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको तेस्रो अधिवेशन यहि वैशाख ९ गते सम्पन्न हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर मंगोलले अधिवेशनको बारेमा जानकारी गराएको हो । प्रत्येक २ बर्षमा अधिवेशन आयोजना गर्ने एम.एन.ओ को विधान अनुसार तोकिएकै अवधिमा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको तेस्रो जिल्ला अधिवेशन आयोजक सभाका संयोजक डिके पुनले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक पुनले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । आर्थिक व्यवस्थापन, प्रचार प्रसार, प्रतिनिधि छनौट तथा व्यवस्थापन अतिथि स्वागत लगायतका तयारी करिव अन्तिम चरणमा पुगको उहाँको भनाई थियो ।

जिल्लाको सवै वडामा वडा सभा गठन भईनसकेकाले प्रतिनिधि चयन गरेर पठाउन पालिका सभालाई जिम्मेवारी दिईएको छ । केन्द्रिय सभाका नेताहरुबाट सम्वोधन हुने कार्यक्रम समेत तय भएको छ । बैशाख ८ गते बन्द शत्र संचालन गरि नया कार्य समिति समेत चयन गर्ने र ९ गते उद्घाटन सत्र संचालन गरिने पुनले बताउनुभयो ।

नेपालको लोकतान्त्रिक व्यवस्थालाई अंगाल्दै शासन सत्तामा पुग्ने लक्षका साथ स्थापित पुरानो राजनैतिक भएकोले मंगोलले सवैको मन जित्दै गएको उहाँको भनाई थियो । जिल्लामा २०७३ सालमा संगठन निर्माण गरि यो सात बर्षको अवधिमा गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७० वटा उम्मेदवार उठाएको र गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि ३ जना उम्मेदवार उठाएर सन्तोषजनक मत प्राप्त गरेको बताउनुभयो ।

संगठन चलाउनका लागि आर्थिकको व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रश्नमा संयोजक पुनले नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुबाट स्वच्छिक रुपमा प्राप्त भएका सहयोग रकमले संगठन संचालन गरेको बताउँदै कुनै धार्मिक तथा अन्य संस्थाहरुबाट रकम नलिएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य रन बहादुर फगामी, जिल्ला सभा म्याग्दीका सल्लाहकार नर बहादुर थापा, अधिवेशनका आयोजक सभाका प्रचार प्रसार सचिव ओमराज मगर लगायतको उपस्थिति रहेको थियो । आयोजक सभाका आर्थिक संयोजक दिपक पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply