चारैतिर घना जंगल । जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्मपुग्नकालागि ढुङ्गा विछ्याइएको २ सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझै टल्कने सेताहिमाल । चैत–वैशाखमा राताम्यै फुलेका लालीगुराँस ।

नागबेली परेको म्याग्दीनदी । जंगलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रकादर्जर्नौ ग्रामीण वस्ती । बेलढुंगाको शिरमा चढेपछि आँखै अगाडी देखिने दृश्य हो यो ।

म्याग्दीको बेनीनगरपालिका ३ भकिम्ली र बागलुङको काँठेखोलागाउँपालिका ३ ओखलेको शिरमा छ बेलढुंगा । समुद्री सतहदेखि दुई हजार ६सय १४ मिटर उचाइमा रहेको बेलढुंगामा वसन्तऋतुको सुरुवातसँगै आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

गतवर्ष करिव ७हजार जनाआन्तरिक पर्यटक बेलढुंगामा पुगेकोमा यस वर्षको चैत २६ गतेसम्म १२ हजार वढी आन्तरिक पर्यटकहरु आएका स्थानीय गणेश श्रीषले बताउनुभयो ।

बेलढुंगामा कतिपर्यटक आएभन्ने तथ्यांक राख्ने आधिकारिक निकायभने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमावास वस्ने र गाउँकाहोटल तथापसलहरुमाचियानास्तागर्नेहरुको संख्याको आधारमाकुनवर्ष कतिपर्यटकहरु आएभन्ने संख्याअनुमानगर्नुपरेको उहाँको भनाइ छ ।

पदमार्ग र साइकल लेन बनेपछि हाइकिङकालागि बेलढुंगा उत्कृष्ट गन्तव्यवनेको स्थानीय रत्नजिसीले बताउनुभयो । टाढाटाढाबाट वास वस्ने गरी आएकापर्यटकहरुका लागिनजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछिखाना र बासको समस्यानहुँदाहाइकिङकालागि दैनिक एक सयको हाराहारीमाआन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृङ्खला, म्याग्दीनदी, कालीगण्डकी सहितम्याग्दी र बागलुङ जिल्लाकाखोलातथाझरनाको नागबेली दृश्य, साबिकको धौलागिरि अञ्चलकाचारवटै जिल्लाकातीनदर्जन बढि गाउँहरु, वनजङ्गल, जंगलीजनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनीनगरपालिका ३ का वडाअध्यक्ष पदमपुनले बताउनुभयो ।

बेलढुंगामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनीनगरपालिका वडा नं ३ र बागलुङको काँठेखोलागाउँपालिका ३ ओखलेको गरी करिव ४० लाख बढि खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो । त्यसैगरी सडक निर्माणका लागिप्रदेश सरकारले लगानी गरेको उहाँले बताउनुभयो ।

अहिले गुलजार बनेको बेलढुंगा एक दशक अघिसम्म गुमनामथियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट सकड मार्गको पहुँच,पदमार्ग निर्माण,साइकल लेन,होमस्टे,पार्किङ लगाएतकापूर्वाधारहरु बनेपछि यहाँअहिले दैनिकदुई सय वढी आन्तरिक पर्यटकहरु आउने गरेका वडाअध्यक्ष पुनले बताउनुभयो।

बेलढुंगामा आउने पर्यटकहरुको संख्यायति नै भयो भनेर आधिकारिक रुपमाभन्न सकिने अवस्थानभएपनि यातायात र पदमार्गमार्फत यहाँआएकापर्यटकहरुलाई हेरेर पर्यटक वढेका वा घटेका अनुमानलगाउने गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार विगतकावर्षहरुको तुलनामावर्ष २०७९ मा बेलढुंगामा दिनहुँयातायातका साधनहरुको भीड लाग्ने गरेको, म्याग्दीको भकिम्ली र बागलुंगको काँठेखोलाहुँदै बेलढुंगामा सवारी साधनहरु बेल ढुंगामा विगतकावर्षहरुमाभन्दा बढी गएकाले पर्यटकहरुको संख्या बढेको अनुमानगरिएको हो ।

अध्यक्षपुनले निकट समयमा नै यहाँआएकापर्यटकहरुको आधिकारिक तथ्यांक राख्न एक जनाकर्मचारीको व्यवस्थागर्न लागिएको जानकारी दिनुभयो ।

बेलढुङ्मा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै जानथालेपछि बेनीनगरपालिका–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोलागाउँपालिका ३ ओखलेकाविचविकासकापूर्वाधारहरु निर्माण गर्न होडबाजी नै चलेको स्थानीयगणेशशीषले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बाह्रै महिना बेलढुंगा चढ्ने पर्यटकको भीड उस्तै हुनथालेको छ। सडक सहजनहुँदा यो ठाउँ ओझेलमाथियो। सडक सञ्जालले जोडिएपछि धेरैको रोजाइमा पर्न थालेको हो ।

“पहिला घाँस दाउरा गर्ने,भेडा बाख्रा चराउने र निगालो खोज्नेहरु यहाँआउँथे,हेर्दा हेर्दै शहरबजारबाट घुम्न र रमाउनयहाँआउनथाले” शीषले भन्नुभयो “गाउँका मान्छेहरु रमाउनशहर झर्छन,शहरका मान्छे गाउँहुँदै जंगलतिर उक्लन्छन् ।”

हिउँदमाहिउँ खेल्न र गर्मीमाशितलको खोजीगर्दै यहाँआउनेहरुलेचहलपहल बढाएको उहाँको भनाइ छ ।यस वर्ष हिउँ परेन। तर सूर्योदय र दृश्यावलोकन गर्नेहरूको कमीभने भएन। बागलुङ र बेनीबजारबाट नजिक रहेको हुँदापर्यटक सहज रूपमायहाँपुग्ने गरेका स्थानीयले बताएका छन् ।

यहाँवनभोजखानआउनेहरू पनि बढेका छन् ।नजिकै प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम छ ।यहाँपूजाआजागर्न आउने भक्तजनपनि बेलढुंगा चढ्न आउने गरेका छन् । सामाजिक सञ्जालमायहाँका तस्वीर–भिडियो देखेर घुम्न आएको तोराखेतकी सरस्वती सापकोटाले बताउनुभयो ।

“यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रहेछ। हिमालपनिआँखै अगाडि देखिने, डाँडाकाँडा, वनजंगल, पशुपंक्षी सबै देख्न पाइने ।वाइस जनाको टिम आएको रमाइलो भयो ”उहाँले भन्नुभयो ।बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनकालागिमात्रै होइनआध्यात्मिकचिन्तनकालागिपनिउपयुक्त स्थानभएको बेलढुंगा घुम्न आउनुभएका बेनीकादुर्गाराम सुवेदीले बताउनुभयो ।

त्यसका साथै यहाँबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु,बाघ,भालु,चितुवा लगाएतका वन्यजन्तु,डाँफे,मुनाल,बनकुखुरो लगाएतकापंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँपुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले यसको प्रचारप्रसारमाअझै जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीकाअध्यक्ष अमर बानियाँले बताउनुभयो ।

“नाम सुनेको थिएँ,तर यतिआनन्दआउने ठाउँ होलाभनेर कल्पनापनि गरेको थिएन”, पहिलोपटक बागलुङको पर्वतको फलेवासबाट बेलढुंगामा घुम्न आउनुभएकासुमन रेग्मीलेभन्नुभयो “यहाँबाट हिमाल,पहाड,गाउँवस्ती,बनजंगल, नदीझरना, बजार, वनस्पति, वन्यजन्तु र सूर्योदयतथा सूर्यास्तको दृश्य एकैठाउँबाट देख्न सकिने रहेछ।”

बेलढुंगाको शिरसम्म पदमार्ग
दुईवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको वेसी चौतारीदेखि बेलढुंगाको शिरमापुग्ननिकै जोखिमथियो। अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुंगाको फेददेखि शिरसम्मपुग्ननिकै दुःखहुन्थ्यो। तर अहिले सुविधायुक्त सिंढी (पदमार्ग) बनेपछि निकै सहजभएको बेलढुंगामा हरेक वर्ष पुग्ने गर्नुभएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीकाउपकोषाध्यक्षशिवबानियाँले बताउनुभयो ।

म्याग्दीको सीमानातर्फ स्वर्गाश्रमदेखि बेसी चौतारीसम्म वेनीनगरपालिका–३ को करिब ४ लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको २÷२ लाख रुपैयाँको गरी करिब ८ लाखको लागतमापदमार्ग निर्माण गरिएको छ। ढुंगा बिच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ।

Leave a Reply