राष्ट्रिय युवासंघ नेपालको केन्द्रिय अध्यक्षमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको सोमबारदेखि नेपालगञ्जमा सुरु भएको महाधिवेशनमा रावलले केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु्भयो ।यूवा संघको जिल्ला,क्षेत्र, प्रदेश हुदैं केन्द्रीय कमिटीका विभिन्न तहमा नेतृत्व गर्नुभएका रावललाई केन्द्रियस्तरका नेताहरुको समेत सर्मथन गरेका छन् ।

‘यो संगठनमा जिल्लादेखि नै माथि पुगेको छु, अध्यक्षमा मलाई सबैतिरबाट सहयोग छ’रावलले बेनीअनलाइनलाई भन्नुभयो ।उहाँले जिल्ला, क्षेत्र हुदै केन्द्रसम्म प्राप्त सबै जिम्मेबारीमा सफलतापूर्वक सम्पन्न गरेको अवस्थामा अध्यक्ष भएर बाँकी काम पुरा गर्ने बताउनुभयो । देशैभरीबाट आएका प्रतिनिधिले समेत रावलको उम्मेदवारीलाई सर्मथन गरेका छन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रावललाई नेकपा एमालेका केन्द्रिय नेताले समेत सर्मथन गरेको बताइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकट तथा यूवा संघका नेताहरुले समेत यसपटक रावललाई सहयोग गर्ने प्रतिबद्धता सहित चुनावी अभियानमा सक्रियता देखाएका छत् ।
.

Leave a Reply