व्यवसायी दुर्गा प्रसार्ईसँग पैसा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् ।

सांसद श्रेष्ठले प्रसाईसँग रकम माग गरेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै निलम्बन गरेको हो ।

सांसद श्रेष्ठलाई निलम्बन गरिएको र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सार्वजनिक भएको अडियो अनुसार सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउनका लागि भन्दै २ कराेड माग गरेका थिए ।

उनी रास्वपाकाे समानुपातिक काेटाबाट सांसद बनेका हुन् । अहिले उनलाई पार्टीले मात्रै निलम्बन गरेकाे छ, थप छानबिनपछि दाेषी ठहर भएमा उनकाे सांसद पद पनि जान सक्छ ।

सांसद श्रेष्ठ यसअघि पनि आफै अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थामा रहेका बचतकर्ता लाखौँ रकम अपचलन गरेको भन्दै विवादमा परेका थिए । यस विवादमा उनीमाथि मुद्दा समेत चलेको बताइएको छ । new 24

Leave a Reply