म्याग्दीको मंगला गाउँपालिका–२, दरुङ गाउँमा पहिलोपटक मोटरबाटो पुगेको छ । रणाबङ, दरुङ, हिँदी गाउँ हुदै धार्मिकस्थल मालिका मन्दिर जोड्ने सडकखण्ड अन्तरगत दरुङमा पुगेपछि स्थानीयबासी उत्साहित भएका छन् ।

वडा, प्रदेश सरकार साथै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत विभिन्न निकायको सहयोगमा बि.स २०७४ सालदेखि सुरु भएको सडक निर्माणका हालसम्म १ करोड ३५ लाख खर्च भएको छ । शनिबार एक समोाहका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गदैं पालिकाभित्रका सबै बस्तीमा सडक सञ्जालले जोड्ने बताउनुभयो ।

उहाँले प्रसिद्ध धार्मिकस्थल मालिकाधुरीमा समेत आवतजावतमा सहज हुने गरी सडक विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो । सोही अवसरमा मौवाबोट बालविकास केन्द्र समेत उद्घाटन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, म्याग्दी उद्योग वाणिज्य संघ बावियाचौर इकाई सभापति राजु पाण्डे लगायतले सडक सञ्जालले स्थानीयबासीलाई सहज भएको बताउनुभएको थियो । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष इश्वर खत्रीले सडक सञ्जाल विस्तारमा स्थानीयको सहयोगले सहज भएको बताउनुभएको थियो ।

मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् । मोटरमा पुगेका प्रमुख अतिथि सहितको टोलीलाई स्थानीयबासीले स्वागत गरेका थिए । सडक सञ्जाल जोडिएपछि गाउँपालिकाको केन्द्र बावियाचौर हुदै ग्न्तब्यमा पुग्न र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ ।

अब बावियाचौरबाट कठिन र अत्यासलाग्दो झण्डै डेढ घन्टाको उकालो बाटो हिँडेर आवतजावत गर्नुपर्ने बाध्यताबाट स्थानीयले छुटकार पाएको म्याग्दी भलिबल संघका सचिव कुमार किसानको भनाई छ ।

Leave a Reply