म्याग्दीमा कुल जनसंख्याको ६ प्रतिशतले कुनैपनि विद्युतीय उपकरण पहुँचमा नरहेको पाइएको छ ।केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ तथ्याङ्कमा कुल जनसंख्याको २५.४ प्रतिशतले रेडियो, टेलिभिनको पहुँचमा ४०.८ प्रतिशत, इन्टरनेटको पहुँचमा ४५.५ प्रतिशत देखिन्छ ।

म्याग्दीमा साधारणभन्दा स्मार्ट फोन बोक्नेको संख्या धेरै देखिएका छन् । कुल जनसंख्याको स्मार्टफोनबाहेकका साधारण मोबाइल प्रयोग गर्ने ७० प्रतिशत र ७४.५ प्रतिशत नागरिकको हातमा स्मार्टफोन पुगेको छ ।

त्यस्तै जिल्लाभर कुनै न कुनै किसिमको साधन वा सुविधा उपलब्ध नभएको कुल जनसंख्याको ६ प्रतिशत रहेको तथ्यांकमा देखिएको छ । म्याग्दीको सबै वडामा दुरसञ्चार सेवाप्रदायक संस्थाको पहुँच विस्तारले समेत प्रयोगकर्ता धेरै छ । बढ्दै गएको स्मार्टफोन प्रयोगले इन्टरनेटको प्रयोग बढेसँगै अन्तर्राष्ट्रिय कल गर्ने सुविधा भएका विभिन्न एप्सको प्रयोग बढेको छ ।

ह्वाट्सएप, भाइबर, इमो, स्काइप, म्यासेन्जर जस्ता एप्सको प्रयोगबाट अन्तर्राष्ट्रिय लामो दूरीको कल सेवा बढ्दै जाँदा समेत मोवाइल सहितको विद्युतीय उपकरणको प्रयोग बढेको हो । म्याग्दीको कुल जनसंख्या एक लाख सात हजार ३३ जना रहेको छ । म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८८० र पुरुषको संख्या ५२ हजार १५३ जना भएको छ । कुल घरधुरी २८ हजार ७७६ छ ।

Leave a Reply