म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनल निर्धारित समयभन्दा झण्डै साढे दुईघण्टा पछि सुरू भयो । प्रतिकुल मौषसलाई आयोजक र खेलाडीले बेवास्ता गर्दा झरीमा रुझ्दै खेल्न बाध्य भए । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटको बिचमै भिषण बर्षा भएपछि रेफ्रीले खेल रोक्न बाध्य भए ।

मौसम तथा बाढी पूर्वानुमान शाखाले केहीदिन यता लगातार भारी बर्षाको पूर्वानुमानको सूचना जारी गरेको थियो । भारी बर्षाकै कारण कालिपुल युनाइटेड क्लब र पश्चिम म्याग्दी यूवा क्लवले सुन्दर अवसर गुमाएका थिए । बर्षा रोकिएपछि अतिरिक्त समयको बाँकी र पेनाल्टी सुटआउटसँगै प्रतियोगिता सकिएको थियो ।

खेलाडीहरु पानीमा भिज्दै खेलिरहेको अवस्थामा घाईते समेत भएका थिए । प्रतियोगितामा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा कालिपुल युनाइटेडलाई ६–५ ले हराउँदै पश्चिम म्याग्दी यूवा क्लवले उपाधी आफ्नो पक्षमा पारेको थियो ।

Leave a Reply