म्याग्दीको मालिका गाउँपालिका-६,दिच्यामका १०९ बर्षिय ओमलाल निउरेले गाउँमै राष्ट्रिय परिचय पत्रको आवेदन दर्ता गरेका छन् । गाउँको भगवती आधारभुत विद्यालयमा सञ्चालन भइरहेको शिविरमा अर्का १ सय बर्षिय भक्तिबिर रोकाले परिवारका सदस्यको सहयोगमा राष्ट्रिय परिचयपत्रका नाम दर्ता गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मालिका गाउँपालिकाको वडास्तरमा सञ्चालन भइरहेको अभियानमा पूर्णरुपमा अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् ।

शाररीक रुपमा कमजोर भएपनि राष्ट्रिय अभियानबाट बन्चित हुदाँ भविस्यमा समस्या हुने भएकाले परिवारका सदस्यको सहयोगमा परिचयपत्रका लागि नाम दर्ता गरिएको वडा अध्यक्ष पथबहादुर रोकाले बताए । ‘स्थानीयस्तरमा निकै उत्साह देखिएको छ,‘गाउँमा भएका सबैको दार्ता भएको छ,‘अशक्तलाई धेरै राहत भएको छ’ वडा अध्यक्ष रोकाले भने ।

बेनी नगरपालिका भित्रका सबै १० वडा र मंगला गाउँपालिकाको वडा नं ५ अर्मन बाहेक अन्य वडामा अभियान सम्पन्न भएपछि टोली मालिका गाउँपालिकाको बस्तीबस्तीमा पुगेर दर्ता शिविर सञ्चालन गरिरहेको छ।

Adv

एक वटा वडामा दुई वटा स्टेशनमा चाप रहेको दर्ता टोलीको भनाई छ । एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका भएकाले वडास्तरमा अहिले दर्ताका लागि आउनेको संख्या दिनप्रतिदिन बढेको छ ।

विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोली म्याग्दीमा छन् । सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ ।सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

Leave a Reply