म्याग्दीका सन्तोष रावल लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई, नेपालको डिष्ट्रिक्ट क्याविनेत टेजररमा निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनबाट रावल डिष्ट्रिक्ट क्याविनेतको महत्वपूर्ण पद सम्हाल्नुभएको हो ।लायन्स क्लव बेनीमा संस्थापक सदस्य रावल सन् २०१० मा लायन्स क्लव बेनीका अध्यक्ष हुदै जोन चियरपर्सन, रिजन चियरपसर्न सहित डिस्ट्रिकका विभिन्न महत्वपूर्ण पदको जिम्मेबारी सम्हालिसक्नुभको छ।

नेपाल सामुदायिक पुस्तकालय महासंघको केन्द्रिय अध्यक्ष, म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष् सहित विभिन्न संघसंस्थामा कार्यरत रावल कृषि क्षेत्रको प्रर्वधनमा सक्रिय हिमचुली अर्गानिक प्रालि तथा वित्तिय क्षेत्रमा सिवाईसी लघुवित्तको सञ्चालक समिति सदस्य हुनुहुन्छ।

रावलको पहलमा लायन्स क्लवमार्फत म्याग्दीमा धेरै योजनाहरु भित्रिएका छन् । किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको थियो भने म्याग्दी बहुमुखुी क्याम्पसमा समेत १ करोडभन्दा बढी सहयोगमा विज्ञान प्रयोगशाला स्थापना हुदैछ ।

रावलले लायन्सको आर्थिक गतिविधि तथा प्रोजेक्टको फन्ट परिचालन गर्ने मुख्य जिम्मेबारी हुन्छ । म्याग्दीकै चन्द्रबहादुर केसी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई, नेपालको डिष्ट्रिक्ट गभर्नरमा पदमा निर्वाचित हुनुभएको छ। यसपटक म्याग्दीले लायन्सको नेतृत्व तहमा महत्वपूर्ण जिम्मेबारी सम्हालेको छ।

Leave a Reply