पोखरा-४ पालिखेचोकस्थित प्रतिभा माविका विद्यार्थी अजर गुरुङ र बिनिताकुमारी चापागाँइले नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारेका छन् । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक हात पारेका हुन् । चापागाँइले भने व्यक्तिगत विधातर्फ मात्र रजत जितेकी हुन् ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अघिल्लो साता राजधानी काठमाडौंमा भएको प्रतिश्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडी पार्दै पदक जितेका हुन् । ‘प्रतिभाका लागि गर्व गर्न लायक परिणाम विद्यार्थीले हात पारेका छन,’ सापकोटाले भने ।

सापकोटाका अनुसार यो प्रतिश्पर्धामा मुलुकभरका विभिन्न विद्यालयका विद्यार्थीले भाग लिएका थिए । गण्डकी प्रदेशबाट प्रतिभाका मात्र चारजना विद्यार्थी सहभागि थिए । प्रतिभाका अजर र बिनितासँगै डिलाइला दुरा र कृशु गुरुङले पनि सहभागिता जनाएका थिए । पदक विजेता गुरुङ र चापागाँइसहित चारैजना विद्यार्थीले विद्यालयको १२ कक्षामा व्यवस्थापन विषयमा अध्ययन गरिरहेका छन ।

यो विधामा विभिन्न विषयमा दक्खल राख्ने विद्यार्थीबीच प्रतिश्पर्धा भएको थियो । अजरले यसअघि पनि ‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा स्वर्ण पदक हात पारेका थिए । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका थिए । Source:-arthikawaj.com

Leave a Reply