पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ । तीब्र रुपमा बजारीकरण भइरहेको बावियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको पार्कको आइतबार विधिबत् रुपमा उद्घाटन गरिने भएको छ। गाउँपालिका, गण्डकी प्रदेश र डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा बनेको पार्कमा दैनिक बालबालिका खेल्न जाने गरेका छन् ।

म्याग्दी नदी किनारमा बनाइएको उद्यान, नजिकै म्याग्दी जिल्लामा पाइने विभिन्न साम्रागीहरु सहितको म्यूजियम समेत यसै आर्थिकबर्ष भित्र सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँले पार्कको निर्माणसँगै प्रयोगमा आएकाले आवश्यकता अनुसारको साम्रागी थप गदैं जाने बताउनुभयो ।

अध्यक्ष रोकाका अनुसार उद्यान परिसरमा रहेको भवनमा सांस्कृतिक संग्रहालय बनाउन गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्री संकलन गरेर संग्रहालयमा राखिने बताइएको छ ।

बजार क्षेत्रबाट नजिकै रहेकाले बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई विहान, बेलुका घुम्न र बस्न समेत सहज हुने गरी निर्माण गरिएको छ। बजार क्षेत्रको चाप, दैनिक कामको चाप भएकाहरु समेत विस्तारै पार्कमा जान थालेका छन् ।

गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई योजना कार्यान्वयन ल्याएपछि बाबियाचौर घर भई हाल काठमाडौंमा बस्दै आएका इन्द्रबहादुर अधिकारीले ५ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

जग्गादाताको सम्मानका लागि उद्यानलाई ‘मंगला इन्द्रेणी पार्क’ नामाकरण गरिएको छ । उद्यान बनाउन पखो जग्गालाई सम्माएर पर्खाल लगाई खण्ड खण्डमा विभाजन गरी पक्की भवन सहित आवश्यकता अनुसारको संरचना बनाइएको छ । पार्क गाउँपालिकाको प्राथमिकताप्राप्त गौरबको आयोजना रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो। उहाँले आइतबार उद्घाटन समारोहमा पार्क बनाउन सहयोग गर्नेहरुलाई सम्मान सहितका कार्यक्रम समेत तय गरिएबे छ।

Leave a Reply