बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो ।

भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ।
अनेरास्ववीयू क्रान्तिकारीका केन्द्रिय सचिव विजयप्रकाश सापकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा गण्डकी प्रदेश कमिटिका अध्यक्ष सुदिन पौडेल, पर्वत जिल्ला अध्यक्ष साजन परियारले सम्बोधन गर्नुभएको थियो ।विद्यार्थीहरुको समस्या समाधान र हक अधिकारको पक्षमा अखिल क्रान्तिकारीमा आवद्ध हुन आव्हान गर्नुभएको थियो ।

Leave a Reply