बागलुङमा एक व्यक्तिले आत्मादाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ बर्षिय शेरबहादुर जिसीले आँफैलाई जलाउने प्रयास गरेका हुन् ।
उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको मौका पारेर आत्मादाहाको प्रयास गरेका जिसीलाई घाईते अबस्थामा भेटेपछि धौलागिरी अस्पताल बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको धौलागिरी अस्पतालमा समान्य उपचारपछि पोखराको गण्डकी मेडिकल कलेज पठाईएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताए । बुधबार विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताए ।