म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । 
श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालि – ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो ।

विपन्न परिवार पहिचान गरेर अस्टे«लीयाबाट नेपाली सहयोगी मन समूहले पठाएको रकमबाट खाद्यान्न खरिद गरि उपलब्ध गराइएको भूमे युवा क्लवका सेरबहादुर छन्त्यालले जानकारी दिनुभयो । धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्री र गाउँपालिकाको शिक्षा शाखा संयोजक गिरिप्रसाद छन्त्यालले खाद्यान्न वितरण गर्नुभएको थियो ।

विश्वका विभिन्न देशमा रहेका युवाहरुले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग जुटाएर दुखमा परेका नेपालीहरुलाई सहयाग गर्दै आएको संस्थाका सचिव माधव सुवेदीले बताउनुभयो । “सेवा नै धर्म हो” भन्ने मुल नारा बनाएको समूहले दुःखी, पिडीत, असहाय, बिरामी र प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुलाई आकस्मिक राहतको लागि सहयोग गर्दै आएको छ ।

Leave a Reply