म्याग्दीको मंगला गाउँपालिका-१, पूर्णगाउँमा सञ्चालित स्वास्थ्य शिविरबाट करिब डेढ सय बिरामी लाभान्वित भएका छन् । स्थानीय लाल यूवा क्लवको आयोजना र दिगो क्लिनिक पर्वतबेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी लगायत विभिन्न रोगको निःशुल्क उपचार गराएका थिए ।

बेनी अस्पतालका मेडिकर अफिसियर डा. गोविन्द पोख्रेल लगायत शिविरमा खटिएका थिए। शिविरमा स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई सहज भएको लाल यूवा क्लवका अध्यक्ष खगेन्द्र खत्रीले बताए । बिपन्न परिवार, आर्थिक अवस्था कमजोर भएका, असक्त र वृद्धावृद्धाका लागि शिविर लाभदायी भएको स्थानीय समाजसेवी दुर्गादत्त आचार्यको भनाई थियो ।

सोही अवसरमा थप चेकजाँचको आवश्यकता परेकालाई बेनी अस्पतालमा बोलाइएको छ । शिविरमा चेकजाँच सहित समापन कार्यक्रममा डा. पोख्रेलले स्थानीय आयोजकलाई धन्यवाद प्रकट गर्दै दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा समेत निरन्तर रूपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply