होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशनबाट म्याग्दीका ताराप्रसाद आचार्य ‘बाबुराम’ सचिव र सागर बरुवाल केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सम्पन्न भएको १० औं बार्षिक साधारणसभा तथा अधिवेशनमा बेनीमा होटल याकका सञ्चालक आचार्य र होटल शिखरका सञ्चालक बरुवाल निर्वाचित भएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीले जनाएको छ ।

केन्द्रिय सचिवमा निर्वाचित आर्चायले महासंघमार्फत म्याग्दीको पर्यटनको क्षेत्रमा आवश्यक पहल गर्ने बताउनुभयो । कोरोना तथा आर्थिक मन्दीको कारणले पलायन हुने अवस्थामा रहेको ब्यवसायलाई जोगाउन वित्तिय संस्थको ब्याजदर तथा नयाँ र पुराना पर्यटकीय गन्तब्यमा पूर्वाधार सहित राज्यको प्राथमिकता रहेको बताउनुभयो । जिल्लामा व्यवसायी पलायन हुन नदिने गरी महासंघमार्फत राज्यका नियकाहरुलाई पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै म्याग्दीको पर्यटन क्षेत्र चलयमान बनाउन निरन्तर सक्रिय हुने नवनिर्वाचित सचिव र केसले प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply