पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुस २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो ।

संघले बिहिबार बेनीमा पत्रकार सम्मेलन गरेर ‘उद्योग, व्यापार र कलाको विकास गरौ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गरौ’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको छ । ३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तिब्र बनाएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

“हरेक तीन÷तीन वर्षमा हुदै आएको महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीका कारण हुन सकेन,” उहाँले भन्नुभयो “२०७४ पछि यसपाली महोत्सव गर्न लागेका छौ ।” स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ । रु. १०० दरको टिकट बिक्रीबाट हुने आम्दानी मध्य व्यवसायिक हितकोषमा रु. १०, नेपाल पत्रकार महासंघ, योग साधना हल, बसपार्क तथा बजार सरसफाई र बाल संगठनका लागि रु. १÷१ उपलब्ध गराउने संघले जनाएको छ ।

बेनीको खुल्ला मञ्चमा महोत्सवमा २५८ वटा व्यवसायिक स्टल रहनेछन् । २६ वटा होटलका स्टल रहनेछन् । ५० वटा स्टल बुक भइसकेका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुट दिइने म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ‘हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नुभयो ‘कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।’

Leave a Reply