म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजामा २ दिने उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन भएको तालिममा १५ जनाको सहभागिता रहेको थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास,माइन्यूट लेखन लगायतकामाइकमा बोल्ने कलाको अभ्यास लगायत विभिन्न विषयमा पत्रकार हरिकृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो ।

तालिमका बरंजा र बावियाचौर सिकाई केन्द्रका पदाधिकारी, जनप्रतिनिधि, महेन्द्ररत्न माविका विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । तालिममा सहभागीले संघसंस्थामा प्रतिनिधित्व गर्दा भाषणकालको आवश्यकता रहेकोमा तालिम उपलब्धीमुलक भएको बताएका थिए । तालिमको समापना कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा विभिन्न अवसरबाट बन्चित हुनुपरेको अवस्थामा तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्नुपर्ने बताउनुभयो । तालिमको बरंजा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डिलाराम कँडेल, स्वागत वडा नं ३ की महिला सदस्य टिकादेवी विक, सिकाई केन्द्रकी सहजकर्ता रमा क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Leave a Reply