राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. हरी केसीले आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै म्याग्दीका ग्रामिण क्षेत्रमा भोट मागिरहनुभएको छ। बेनी नगरपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी अभियानको क्रममा उम्मेदवार केसी ले चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारले मतदाता समेत उत्साहित भएको बताउनुभयो । ‘‘हामी राजनीति गर्न होइन, बदल्न आएका हौँ भन्ने मतदातालाई पनि जानकारी छ’ डा. केसीले भन्नुभयो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले म्याग्दीमा दुईदशकदेखि मतदातालाई अलमलमा पार्ने, निर्वाचन जित्न अनावश्यक र मिठा सपना बाँड्ने र निर्वाचनपछि मतदातालाई फर्किएर नहेर्न गरेको भन्दै ग्रामिण क्षेत्रमा समेत मतदाता आफुँहरुप्रति आर्कषित रहेको पार्टीकी जिल्ला सचिव कल्पना बानियाँ खड्काले बताउनुभयो ।

उहाँले मतदाताले नयाँ अनुहार खोजिरहेको अवस्थामा स्वतन्त्र पार्टीमा नयाँ मतदाताको आर्कषण रहेको बतउानुभयो । म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी सहित रघुगंगामा अन्तिम चरणको घरदैलो अभियान सञ्चालन भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

Leave a Reply