जीवन संघर्षको सिलसिलामा हङकङमा बसोबास गर्दै आएका ५ जोडी म्याग्देलीले जन्मथलोको पर्यटन प्रवर्द्धनमा सुखद् सन्देश दिएका छन्।उनीहरूले धौलागिरिमा पदयात्रा गरेर सबैलाई भ्रमण गर्न आह्वान गरेका हुन्।

Exif_JPEG_420

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको आयोजनामा बेनीबजारबाट असोज २६ गते निस्केको पदयात्री टोली फलियासम्म जीपमा पुगेको थियो। त्यहाँबाट उनीहरू मुदी, बगरा, दोभान, सल्लाघारी हुँदै धौलागिरि हिमाल (प्रथम) को आधार शिविरसम्म पुगेका हुन्।

Exif_JPEG_420

मोनाका अध्यक्ष कर्ण पुनको नेतृत्वमा पदयात्रामा निस्केको टोलीमा अध्यक्ष पुनसहित उनकी जीवनसाथी मनु पुन, वरिष्ठ उपाध्यक्ष प्रमोद गिरि, उनकी जीवनसाथी सुनिता पूर्जा पुन, सचिव जेवेन्द्र फगामी उनकी जीवन साथी मन्दिरा फगामी, सल्लाहकार राजु गर्बुजा पुन, उनकी जीवन साथी देवामाया पुन र पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर, उनकी जीवन साथी लक्ष्मी थापा मगर सहभागी भएका थिए। साथै तीन जना सञ्चारकर्मीहरू पूर्वी ब्लुजका सचिन न्यौपाने, लक्ष्मी ढुङ्गेल र पर्यटन पत्रकार अमृत भादगाउँले थिए।

पदयात्रामा प्राविधिक सहयोग आशाकी ट्रेक्स एण्ड एक्सपिडिसनले गरेको थियो। उक्त कम्पनीका प्रमुख छिरि राईले पथप्रर्दशकको भूमिका निर्वाह गरेका थिए भने भ्रमण दलमा अन्य १८ जना सहयोगी थिए।

Exif_JPEG_420

समूहका तीन जोडी पदयात्री र पूर्वी ब्लुजका सञ्चारकर्मीहरू धौलागिरि हिमालको पश्चिमी बेसक्याम्प (इटालियन क्याम्प) ३६३० मिटरबाट फर्केका थिए भने अध्यक्ष कर्ण पुन, मनु पुन, पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर, लक्ष्मी थापामगर र पत्रकार भादगाउँले धौलागिरिको उत्तरी आधारशिविर (४७०० मिटर) सम्म पुगेका हुन्।

उत्तरी आधार शिविरमा पुगेका पदयात्रीहरूले हिउँमा टेन्ट गाडेर दुई रात बिताएका थिए।

पदयात्रा टोली त्यहाँबाट फ्रेन्च पास हुँदै मुस्ताङको मार्फामा निस्कने योजना थियो। तर, केही दिन अघिको ठूलो हिमपातका कारण बाटो नखुलेकाले आधार शिविरबाटै फर्कियो।

‘हाम्रो पदयात्रा सफल भयो’, मोनाका अध्यक्ष कर्ण पुनले भने, ‘इच्छाशक्ति, व्यवस्थित गियर, अनुभवी ट्रेकिङ कम्पनी र पथप्रदर्शकको सहयोगमा धौलागिरिको पदयात्रा गर्न सकिन्छ।’

Exif_JPEG_420

अबका दिनमा मोनाले पदमार्गको पूर्वाधार विकासका लागि स्थानीय गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई घच्घच्याउने छ।

‘ठाउँ-ठाउँमा पदमार्ग सुधार गर्नु पर्ने र पुल हाल्नु पर्ने देखिन्छ’, उनले भने, ‘पदमार्गमा सबैतिर टेलिफोन र इन्टरनेट चल्ने वातावरण बनाउने दायित्व पनि सरकारको हो।’

पदमार्गका पर्यटनकर्मीलाई होटल व्यवस्थापन तालिम पनि आवश्यक देखिन्छ। मोना हङकङले पश्चिमी आधार शिविर (इटालियन क्याम्प) नजिकैको एउटा डाँडालाई ‘मोना भ्यु पोइन्ट’का रूपमा विकास गर्ने घोषणा गरेको छ।

Exif_JPEG_420

सामान्यतयाः पदयात्रीहरू इटालियन क्याम्पमा दुई रात बस्छन्। उनीहरू एक्लमटाइज हुन नजिकैको डाँडामा चढ्ने गर्छन्। त्यसैले करिब ३८ सय मिटर अग्लो डाँडालाई भ्यु पोइन्टका रूपमा विकास गरिने भएको हो। त्यसका लागि पदमार्ग निर्माण र ठाउँ-ठाउँमा काठे मेच राख्नेलगायतका काम गरिनेछ।

पदयात्रामा पनि मोनाले दुई ठाउँमा सहयोग गरेको थियो। उसले काफल डाँडाको देउराली आमा समूहलाई ३० हजार रुपैयाँ र बगराको सांस्कृतिक समूहलाई ५० हजार रुपैयाँ सहयोग गरेको थियो।

मोनाले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा धौलागिरि पदमार्गमा प्रवर्द्धनात्मक पदयात्रा गर्ने घोषणा गरेको थियो। तर संसारभरि फैलिएको कोभिड रोगका कारण भ्रमण वर्ष पनि स्थगित भयो। र, अहिले आएर पदयात्रा गरिएको हो। उसको अभियानको सबैले तारिफ गरेका छन्।

‘मोना हङकङका पदाधिकारीहरूले साहसिक पदयात्रा गरेर सकारात्मक सन्देश दिनु भएको छ’, म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्य भन्छन्, ‘यसैगरी विदेशमा बसेका सबै नेपालीले आआफ्नो जन्मथलोको भ्रमण गरेमा पर्यटन विकासमा ठूलो योगदान पुग्नेछ।’ पत्रकार अमृत भातगाउँलेको सहयोगमा 

 

Leave a Reply