नवौं राष्ट्रिय खेलकुदप्रतियोगीतामामहिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थानप्राप्तगर्न सफल हुनुभएको छ । काठमाण्डौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगितामा नेपाल आर्मीको टिम प्रथम भएको थियो ।

२०५५ सालदेखि खेलकुद क्षेत्रमा प्रवेश गरेकी म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटकी रिजालले २०५५ सालमा नेपालगञ्जमा सम्पन्नचौंथो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । प्रतियोगितामा गण्डकी प्रदेशका शुटिङ खेलाडीले १० मिटर एयर पेस्टोल सिंगल तर्फ बाग्लुङकी श्रृया के सीले दोस्रो स्थान प्राप्त गर्नुभएको छ । पुरूष तर्फ कास्कीका बिजयकार्की तेश्रो स्थानहासिलगर्न सफल हुनुभएको छ ।

Leave a Reply