विदेशमा रहेका गैर आवासीय नेपालीहरुले मतदान गर्न पाउनु पर्ने माग गरेका छन्। नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानको व्यवस्था मिलाउन आग्रह गरे।  जनसम्पर्क समितिका सभापति शालिक गौतमले माग पत्र बुझाउँदै विदेशमा रहेका नागरिकलाई सम्बन्धित देशमा रहेको नेपाली दुतावास मार्फत मतदानको व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाएर मुलुकको आर्थिक विकासमा योगदान पु¥याएको स्मरण गराउँदै मुलुकको राजनीतिक नेतृत्व चयन गर्न पाउने अवसर प्रदान गर्न आग्रह गरेका हुन्। नेपालको संविधानले हरेक नेपालीलाई मताधिकार हुने व्यवस्था गरेकाले विदेशमा रहेका नेपालीले पनि मतदानको अधिकार पाउनुपर्ने समितिको माग छ।

Leave a Reply