आज असोज ३ गते: नेपालको लागि ऐतिहासिक दिन अर्थात संघीय गणतन्त्र नेपालको संविधान जारी भएको आठ बर्षमा प्रवेश गरेको छ ।

२०७२ साल असोज ३ गते जारी भएको संविधानले ७ वर्ष पूरा गरेर ८ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बागलुङ जिल्लाको वडिगाड गाउँपालिकाले कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको छ ।

जनताबाट निर्वाचित संविधान सभा सदस्यबाट निर्माण भएको संविधानको ८ औं वर्ष प्रवेश गरेको खुसियालीमा दिप प्रज्वलन गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको उपस्थिति रहेको थियो । यस अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ ।

Leave a Reply