नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीको चौथो जिल्ला सम्मेलनबाट उषा घर्ती मगरको नेतृत्वमा जिल्ला कमिटी चयन भएको छ । बुधबार सदरमुकाम बेनीमा आयोजित सम्मेलनबाट २५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचितको सेक्रेटरी उषाले जानकारी दिनुभयो । जिल्ला सम्मेलनबाट चुनिएका अन्य पदाधिकारी, कार्यसमितिको नाम भने गोप्य राखिएको छ ।

जिल्ला सेक्रेटरी उषा तत्कालिन माओवादी जनयूद्धमा २०५८ सालमै भूमिगत भएर जनयूद्धको अग्रमोर्चामा सहभागी हुनुहुन्थ्यो । बेनी आक्रमण सहित माओवादीका ठूला भिडन्तमा समेत प्रत्यक्ष संलग्न उषाले जनयूद्धको मर्मलाई बिर्सिएर संसदबादी दलमा फसेकाहरुबाट अलग भएर जनक्रान्तिको अभियानमा जुटेको बताउनुभयो ।

सम्मेलनको केन्द्रिय सदस्य धुब्र घिमिरे ‘विप्लव’ले उद्घाटन एकिकृत जनक्रान्ति मार्फत देश र जनताको अधिकार स्थापित गर्ने भन्दै संघर्ष गरिरहेको बताउनुभयो । उहाँले सरकारको कार्यशैलीबाट आफूहरूले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल पुँजीवादी सरकार घोषित गरेको बताउँदै कम्युनिष्टको नाम र कांग्रेससँग मिलेका सबैलेदलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

सम्मेलनमा स्याङ्जा र पर्वत इन्र्चाज बिकिरण, म्याग्दी कम्यूनिष्ट आन्दोलनका धरोहर धुब्रलाल शर्मा, शिब श्रेष्ठ र लालु किसान लगायत जिल्लाभरबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनको स्वागत मन्तब्य स्वागत अनेमा संघ केन्द्रिय सदस्य गोमा गर्बुजा, सञ्चालन अबिरलले गर्नुभएको थियो ।

 

Leave a Reply