अन्तर आधारभुत विद्यालय स्तरीय ११ औं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलले आगामी असोज ७ देखि १० गतेसम्म विजय दशकीको अवसरमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्न लागेको विद्यालयका सहायक प्रिन्सिपल कृष्ण श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रतियोगिताका बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद २० हजार १११ र ११ हजार १११ रुपैया पुरस्कार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्टाईकर, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदयीमान खेलाडी, अनुशासित टिम, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम म्यानेजरलाई समेत पुरस्कृत गरिने छ । बेनीमा अन्तर आधारभुत विद्यालय स्तरीय प्रतियोगितामा बेनी बोर्डिङ कप निकै लोकप्रिय छ ।

Leave a Reply