नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीले महिला बास्केटबलतर्फ स्वर्ण पदक जितेको छ । आइतबार पोखरामा सम्पन्न भएको फाइनल खेलमा कास्कीलाई २२ का बिरुद्ध २३ स्कोरले स्तब्ध म्याग्दीले स्वर्ण पदक हात पार्न सफल भएको हो ।

निकै प्रतिस्पर्धात्म खेलमा म्याग्दीले कास्कीलाई फाइनलमा पराजित गरेपछि रजत पदकमा चित्त बुझाउन बाध्य भयो । म्याग्दीको बास्केटबलतर्फ पनि महिला र पुरुषले गण्डकी प्रदेशस्तरमा उत्कृष्ट खेल देखाउन सफल भएको मुख्य प्रशिक्षक बिसन रानाले बताए । ‘बास्केटबलमा पनि हामीले प्रदेशमा आफ्नो पहिचान बनाउन सफल भएका छौ,‘महिलातर्फको खेललाई अझै उत्कृष्ट बनाउँछौ’ प्रशिक्षक रानाले भने ।

महिला बास्केटबलकी कप्तान सिमा पुन सहितका महिला भलिबलकी कप्तान अरुणा शाही समेत सहभागी खेलाडीको खेल लोभलाग्दो रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । प्रतियोगिताको पुरुष तर्फ पनि म्याग्दी फाइनलमा पुगेको छ । पुरुष बास्केटबलको टोली पनि अनुभवी रहेकाले स्वर्ण पदक जित्ने केसीले बताए ।

महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगितामा यसपटक म्याग्दीले स्वर्ण पदक जितेमा बास्केटबलका लागि जिल्लामा थप लगानी सहित खेलाडी प्रोत्साहन गर्नुपर्ने अवस्था देखिएको खेलकुदका जानकारहरु बताउँछन् । म्याग्दीमा सिमित स्रोत, अभावकै अभावमा प्रशिक्षणमा सहभागी भएर गण्डकी प्रदेशमा पुगेका खेलाडीले निकै उत्कृष्ट खेल प्रर्दशन गरेका छन् ।

Leave a Reply