म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको भकुण्डेचौर मा विविध खेलकुद र साँस्कृतिक कार्यक्रमका साथ परम्परागत तीज मेला भव्य रुपमा सम्पन्न भएको छ ।

भकुण्डे सामुदायिक क्लवले आयोजना गरेको तीज मेलमाखुल्लाभलिबलप्रतियोगिता,तिजगीतप्रतियोगिताका साथै मेलाको अन्तिमदिनमंगलबार ख्यातिप्राप्त राष्ट्रिय लोकदोहोरी गायिका टीका सानुका साथै रामगगन,निरा छन्त्याल लगाएतको सांगीतिक प्रस्तुतिले भकुण्डे संगीतमय बनेको थियो ।

वर्खेझरीमापानीमाभिज्दै दर्शक श्रोताहरु टीका सानुको प्रस्तुतिमाझुमीरहेका थिएभने रामगगन र निराले पनिदर्शकहरुलाई भरपुर मनोरञ्जन दिनुभएको थियो ।

भकुण्डेमा परम्परागतरुपमा नै तीज मेला संचालनहुँदै आएकोमाविगतकादुई वर्ष कोरोनाका कारण रोकिएको र यस वर्षदेखि पुनःनिरन्तरतादिन राष्ट्रिय कलाकारहरुको उपस्थितिमा मेलाको आयोजनागरिएको स्थानीयवासीतथाक्लवका सल्लाहाकार भीमबहादुर पौडेलले जानकारी दिनुभयो ।

सास्कृतिककार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकाप्रमुखअतिथीजिल्ला समन्वय समितिम्याग्दीका संयोजक राजकुमार थापाले निकै संक्षिप्तमन्तव्यव्यक्तगर्दै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिबाट भरपुर मनोरञ्जन लिनज्यामरुककोटवासीलाई आग्रहगर्दै कला र संस्कृतिको संरक्षणमा लाग्न अनुरोध गर्नुभयो ।

बेनीनगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले ज्यामरुककोटवासीहरुको साथ र सहयोगले कला संस्कृतिको संरक्षण र विकास निर्माणका कामहरुमा अघि बढ्न प्रेरित गरेको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम् पत्रकार धु्रवसागर शर्मा ज्यामरुककोट कला संस्कृति, पर्यटन,कृषि र ऐतिहाँसिक सम्पदाले युक्त ठाउँ भएकोले यस ठाउँको विकासमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

त्यसैगरी राजनीतिकदलहरुको तर्फबाट नेकपाएमालेका डम्मर सापकोटाले पारदर्शीतालाई ध्यानमा राख्दै कार्यक्रमगर्न र कला संस्कृतिको संरक्षण गर्न आग्रहगर्नुभयो ।  अर्जुन उच्च मावि वि. व्यवस्थापन समितिका अध्यक्ष एवम् स्थानीय बुद्धिजीवि टीकाबहादुर कार्कीले ज्यामरुककोटको विकास र यसको महत्वलाई उजागर गरेर विकास र समृद्धिकोे यात्रामालाग्न ढिला गर्न नहुने आशयव्यक्तगर्नुभयो । साँस्कृतिककार्यक्रममादर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply