म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा ५ औं स्वर्गीय इच्छा भण्डारीको स्मृतिमा सेभेन ए साडड फुटबल प्रतियोगिता सुरु भएको छ । एभरग्रिन यूथ क्लवको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसी,उपप्रमुख ज्योति लामिछाने, वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुदमार्फत प्रतिभाको पहिचान हुने भएकाले खेल मर्यादाभित्र रहेर खेल्न अनुरोध गर्नुभएको थियो ।

कोरोना भाइरस संक्रमणको कारण सदरमुकाम बेनीमा खेलकुद प्रतियोगिताको आयोजना समेत नभएको अवस्थामा आयोजित फुटबल प्रतियोगिताले रौनतकता छाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष निरज राम्जाली, स्वागत उपाध्यक्ष लेलिन गर्बुजा र सञ्चालन क्लव सल्लाहकार बिक्रम बोगटीले गर्नुभएको थियो । रोजगारको सिलसिलामा अस्टे«लियामा मृत्यु भएका क्लवका सदस्य एवम् फुटबल खेलाडी भण्डारीको स्मृतिमा हुने प्रतियोगितामा २७ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।

खेलकुद सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको क्लवले प्रतियोगितामा प्रथम हुने टिमलाइ ८५ हजार ५५५, दोस्रो हुनेलाई ४५ हजार ५५५ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा अनुशासित टिम १० हजार, उत्कृष्ट खेलाडी, मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचलाई ३ हजार नगदले सम्मान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply