रुकुम पश्चिममा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । अरिङ्गालले चिलेर त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनारको ज्यान गएको हो ।  तीन दिन अगाडि अरिङ्गालले चिलेका सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।

सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत हुनुहुन्थ्यो ।  साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उहाँलाई ५० वटाभन्दा धेरै अरिङ्गालले चिलेकाे थियाे । अरिङ्गालले चिलेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि उहाँलाई आज नेपालगञ्ज लगिँदै थियो ।

Leave a Reply