दाङको तुलसीपुर उपमहानगरपालिका–८ चमीखोला पुलमा दुर्घटना रोक्नका लागि २९ जना ब्रह्रामण राखेर त्रिपिंडी श्राद्ध गरिएको छ ।महिला, बालबालिका समेत गरेर हालसम्म करिब १५ जनाको अकालमा ज्यान गएको र अधिकाँस सवारी दुर्घटना पनि सोही पुलमा हुने भएकाले यसलाई रोक्नका लागि त्रिपिंडी श्राद्ध गरिएको आयोजक समितिका उपसंयोजक जितबहादुर खड्काले जानकारी दिए ।

बढ्दो सवारी दुर्घटना रोक्न स्थानीयहरुले आफै पैसा उठाएर २९ जना ब्राह्रामण बोलाएर पुजापाठ गरेका हुन् । घुम्ति समेत रहेको उक्त पुलबाट ट्रक, ट्याक्टर, जिप, मोटरसाईकल, अटो समेत गरेर अहिलेसम्म करिब आधादर्जन सवारीसाधन खोलमा खसेका छन् भने सडकमा दर्जनौ सवारी दुर्घटना भएको स्थानीयहरुले बताएका छन् ।

ऋग्वेद, यजुर्बेद, सामवेद, अथर्ववेद श्रीमदभागवत, पितृ सुद्ध गरेर पाठ गरेपछि भूत, प्रेत, मसानको गति मुक्ती हुने र सवारी दुर्घटना नहुने धार्मिक विश्वास रहेको बह्रामण खगेन्द्र प्रसाद बस्यालले जानकारी दिए । ‘अन्यन्त्र नहुने यही पुलमा मात्रै घटनाहरु भइरहन्छन् । यसको पक्कै कारण भूत, प्रेत र मसानका कारण भएको हामीलाई लाग्यो र वैदिक विधिअनुसार चार वेद पाठ गरेर त्रिपिंडी श्राद्ध गरेका हौं । अब पक्कै पनि यहाँ दुर्घटना हुँदैन । ढुक्क भए हुन्छ ।’ ब्राह्रामण बस्यालले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply