पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ नम्बर वडामा पर्ने निस्कोटमा रहेको ढुंगे घर । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि, सीप र शिल्पीको प्रयोग गरेर निर्माण हुने यस्ता घरहरू जाडोमा न्यानो र गर्मीमा शीतल दिने खालका हुन्छन्।

स्थानीय स्तरमै उपलब्ध अलिक बलिया काठहरू, पातला सिलिक्क परेका ढुंगाका छपनीहरूले छाएको घरले गाउँघरको शोभा बढाउनुको साथै बषौंसम्म टिक्छ । पछिल्लो समय सडक सञ्जाल ग्रामिण क्षेत्रसम्म विस्तार भएपछि पूराना घर मासेर पक्की घर निर्माण गर्ने क्रम बढेसँगै ढुंगे घरको प्रयोग घट्दै गएको छ । तस्वीरः प्रताप बानियाँ

Leave a Reply