म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताबाट प्रदेशस्तरीय राष्ट्रपति कपमा विभिन्न विधामा ९३ खेलाडी छनौट भएका छन् । मंगलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कवड्डी मार्सटआर्ट विधाका खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

‘भोली सम्पूर्ण नतिजा सार्वजनिक गछौं,‘प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउँछौ’ अध्यक्ष केसीले भन्नुभयो।जिल्लाभर सम्रगमा बेनी नगरपालिका प्रथम भएको छ । स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्ण सहितको पदक विवरण बुधबार सार्वजनिक गरिने अध्यक्ष केसीको भनाई छ । असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो ।

 

Leave a Reply