म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २ सय बढी लाभान्वित बनेका छन् । नेपाल नेत्रज्योती संघ म्याग्दीको आयोजना, मोना आईईसी, मोना अष्ट्रेलियाको सह–आयोजामा भएको शिविरमा २१८ जनाको परीक्षण गरिएकोमा ३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले थियो ।  शिविरमा १०१ बर्षिया हस्तिका पुनको परीक्षण गरी शिविरको उद्घाटन गरिएको थियो ।

शिविरका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले भौगोलिक बिकटता, जनचेतनाको अभावका कारणनियमित उपचारमा पुग्न नसक्ने अवस्थामा गाउँघरमै आयोजित शिविले बिरामीको पहिचान सहित उपचारमा समेत सहज हुने बताउनुभयो ।

सोही अवसरमा मोना आईईसीका पूर्व अध्यक्ष चक्रबहादुर थापाले प्रवासमा रहेका म्याग्देलीबाट जिल्लामा शिक्षा, स्वास्थ्य सहित विभिन्न गतिविधिमा नियमित सहयोग गर्ने गरेको बताउनुभयो । सोही अवसरमा वडा अध्यक्ष यामबहादुर घर्ती, बुद्धिविकास माविका प्रअ जगबहादुर किसान, स्थानीय बेगप्रसाद घर्तीले मन्तब्य राख्नुभएको थियो ।

शिविरमा वितरण गरिएको औषधी, चस्मा सहित आवश्यक खर्च अष्ट्रेलियामा रहनुभएका दिपक भण्डारीले आर्थिक सहयोग गर्नुभएको नेत्रज्योती संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँको नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण सेवा दिनुभएको थियो ।

शिविरमा नेत्र अधिकृत दिनेश बानियाँ, सदस्य भुलमायाँ तिलिजा, साधनाकुमारी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।नेत्र ज्योती संघले आफ्नै पहल तथा विभिन्न निकायको सहयोगमा हरेक वर्ष गाउँमा पुगेर शिविर सञ्चालन गर्दै आइरहेको छ अध्यक्ष अमर बानियाँले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहभित्रका बस्तीमा पुगेर शिविर सञ्चालन गर्ने योजना रहेको संघले जनाएको छ ।

Leave a Reply