धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनले २०/२० मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

स्वन्तन्त्रबाट कार्यपालिका सदस्यमा निर्वाचित छन्त्याल नेकपा एकीकृत समाजबादीका नेता हुन् । यसैगरी महिला कार्यपालिका सदस्यमा नेपाली कांग्रेकी फुलमाया बुढाथोकी, नरकुमारी बुढाथोकी, नेकपा माओवादी केन्द्रका डिलकुमारी बिक र सिता कुमारी छन्त्यालले २१/ २१ मत प्राप्त गरी विजयी भएका थिए ।

धवलागिरीमा ३७ जना मतदाता छन् । कांग्रेसका १३ जना माओवादी केन्द्रको ७ जना नेकपा एमालेको १५ जना र एकजना स्वतन्त्र जनप्रतिनिधि छन् ।

Leave a Reply