जन्ती लिएर म्याग्दीको मंगला गाउँपालिका–३ गहते जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । बरंजाको खानीगाउँबाट जन्ती र विहेको सामान लिएर जाँदै गरेको ध १ ज ६०४ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाईते भएका छन ।

जिप पाखाघर नेरको घुम्ती बाट करिव ३० मिटर तल पुगेर वाँसको घारीमा अड्किएको थियो । घाईतेहुनेहरुमा मंगला ३ निवासी प्रेम प्रसाद छन्त्याल, नन्दकली घर्ती, हरिकला रोका, मंगला–४ का भक्त प्रसाद पूर्जा, मंगला–५ का गिरी प्रसाद घर्ति र मंगला–५ का चालक समेत रहेका कृष्ण फगामी रहेका छन । दुर्घटना लगत्तै स्थानीय युवाहरुले उद्धार गरी घाइतेहरुलाई बेनी अस्पताल ल्याएका थिए ।

घाइतेहरुको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । बेनी अस्पतालमा उपचार पश्चात घाइतेहरुलाई डिस्चार्ज गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेलले जानकारी दिनुभयो । हाल उहाँहरुको सवैको अवस्था खतरामुक्त रहेको छ । घुम्तीमा ब्रेक फेल भएपछि गाडि अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply